images
images

विपक्षी दलको मान्यता दिन नेकपा एमालेको माग

  • ३० फाल्गुन २०७९, मंगलवार १८:०५

काठमाडौँ । नेकपा एमालेले विपक्षी दलको मान्यता दिन माग गरेको छ ।

महासचिव शंकर पोखरेलले पत्र पठाएर संघीय संसद सचिवालयका महासचिव डा. भरतराज न्यौपानेलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गर्नुभएको हो । यही फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रतिनिधिसभामा आफूलाई विपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको हो । एमाले महासचिव पोखरेलले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्ता लिएसँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता भएको बताउनुभएको हो । यसअघि नेपाली कांग्रेसले विपक्षी दलको मान्यता दिन माग गर्दै आइरहेको थियो । तर प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले सचिवालयले औपचारिक रुपमा कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको थिएन ।