images
images

काभ्रेपलाञ्चोकबाट लागुऔषधको कारोबार गरेको आरोपमा एक पुरुष पक्राउ

  • १ चैत्र २०८०, बिहीबार ०६:३७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका लागुऔषधको कारोबार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पनौती नगरपालिका–५ का ४१ वर्षीय नकुल तिमिल्सिना लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् । लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३८ ग्राम, डिजिटल तराजु १ थान, नगद ३० हजार, २ थान मोवाइल र नागरिकताको प्रमाणपत्रसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बनेपामा राखेर थप अनुुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।