images
images

माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका कमिटिमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा शिवाकोटी

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको कालिञ्चोक गाउँपालिका कमिटिको तेस्रो सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

सम्मेलनले भक्त शिवाकोटीको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कालिञ्चोक गाउँपालिका कमिटिको उपाध्यक्षमा छत्र बहादुर कार्की, कर्ण थामी र कृष्ण पाख्रिन चयन भएका हुन् । यस्तै, कोषाध्यक्षमा मालती थामी तथा सह सचिवमा लोक बहादुर कार्की र चन्द्र नेपाली चयन भएका छन् । सचिव भने पछि चयन गरिनेछ । सम्मेलनले पार्टीको कालिञ्चोक गाउँपालिका ईञ्चार्जमा राम पाण्डेलाई जिम्मेवारी दिएको छ भने सहईञ्चार्जमा चन्द्र लामालाई तोकिएको छ ।

सम्मेलनको हिजो नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उद्धघाटन गर्नुभएको थियो । सम्मेलनको उद्धघाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारीलाई कारवाही र भ्रष्टाचार नियन्त्रणका लागि सुशासन स्थापना नगरेसम्म नेपालमा सामाजिक आर्थिक रुपान्तरण हुन नसक्ने धाराणा राख्नुभयो । माओवादी केन्द्रको नेृत्वमा सरकार बनेका बेला भ्रष्टाचारका विभिन्न फाईलहरु खोलिएको भन्दै उहाँले माओवादी केन्द्र भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्ने कार्यमा प्रतिवद्ध रहेको बताउनुभयो ।

माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका कमिटिका निवर्तमान अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्धघाटन सत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला ईञ्चार्ज बिशाल खड्का, केन्द्रीय सदस्यहरु नर पाख्रिन र शंकर लामा, पार्टीका जिल्ला संयोजक कमल श्रेष्ठ, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, नेताहरु अर्जुन योगी, रिता रिमाल, चुनबहादुर थामी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।