
काठमाडौं । चैत महिनाको लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
आजदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकहरुले फागुनकै ब्याजदर कायम गरेका हुन् । एभरेष्ट बैंकले ० दशमलव ०५ प्रतिशत विन्दु बढाएको छ भने ० दशमलव ०१ प्रतिशत विन्दुले घटाउनुबाहेक अन्य बैंकहरुको ब्याजदर स्थिर छ । त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन गरेको छ ।
त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ । संस्थागत मुद्धती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ । त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीन वटाले घटाएका छन् ।