
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुनको मूल्य एकपटक ४ हजारले बढेर १ लाख ७४ हजार ५ सय रुपैयाँमा कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघिको उच्च मूल्य गत फागुन १३ गते तोलामा एक लाख ७१ हजार ३०० रुपैयाँ थियो । अघिल्लो कारोबार बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आजको चाँदीको मूल्य पनि उच्च भएको छ । आज चाँदी ५० रुपैयाँले बढेर दुई हजार ५० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।