images
images

सरकारको आम्दानी भन्दा खर्च बढी, दोस्रो चौमासिकसम्म विकास बजेटतर्फ २३ प्रतिशत प्रगती

  • १ चैत्र २०८१, शुक्रबार १६:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढि देखिएको छ ।

सरकारले फागुन मसान्तसम्म ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गरेकोमा ८ खर्व ३९ अर्ब ३५ करोड ६० लाख खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानी भन्दा एक खर्ब ५३ करोड ४७ लाख रुपैयाँ बढि खर्च भएको छ ।

यो अवधिमा सरकारको विकास बजेट खर्चको अवस्था पनि निकै कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार दोस्रो चौमासिकसम्ममा ५१.२१ प्रतिशत चालु खर्च गरेको सरकारले पूँजिगततर्फ वार्षिक विनियोजनको २३.३७ प्रतिशत मात्रै खर्च गरेको हो । सरकारले चालुवर्ष पूँजिगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन गरेकोमा हालसम्म ८२ अबए ३३ करोड ६० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यस्तै, चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५ खर्ब ८४ अर्ब १२ करोड ८७ लाख बराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्ष १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजश्व संक्लन गर्ने लक्ष्य लिएकोमा हालसम्म ५०.२ प्रतिशत अर्थात ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख राजश्व संकलन गरेको छ ।