images
images

मनकामना दर्शन गरेर फर्किने क्रममा गोरखामा पर्यटकीय ईभी दुर्घटना: ७ भारतीय नागरिकको मृत्यु, ८ जना घाईते

  • ३० फाल्गुन २०८२, शनिबार २१:२३

भक्तपुर । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय इभी गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

आज राति करिब ८ बजे मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा ईभी गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटमास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। यस्तै  घटनास्थलबाट ८ जनाको जिवितै उद्धार गरिएको छ ।

घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको शहिद लखन गाउँपालिका–३ का अध्यक्ष दिपक पाण्डेले जानकारी दिएका छन् ।

गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ । ओरालो बाटोमा इभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।