images
images

बागमती प्रदेशमा आजदेखि सार्वजनिक सवारी साधनको भाडा वृद्धि

  • १ बैशाख २०७९, बिहीबार ०८:०८

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढेको छ ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो । अब काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ ।

बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २ सय मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ । पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने गरिएको छ ।