images
images

गौरीशंकरको सिमीगाउँमा बल्ल बल्यो बिजुली, पर्यटकीय गाउँ बन्यो झिलीमिली

जिरी (दोलखा) । दोलखा जिल्लाको अति बिकट क्षेत्रको रुपमा रहेको गौरीशंकर गाउँपालिकास्थित सिमिगाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत बलेको छ ।

गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ मा पर्ने विकट क्षेत्रको रुपमा रहेको च्छोरोल्पा हिमताल जाने मार्गमा पर्ने सिमिगाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत बल्न सुरु भएको हो । नेपाल विद्युत प्राधिकरण दोलखा शाखा वितरण केन्द्रका सुचना अधिकारी राजेन्द्र चौधरीले सिमिगाउँको ७१ घरधुरीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत प्रवाह भएको जानकारी दिनुभयो । सवारीको साधन सम्म नपुग्ने छ्योतछ्योतबाट पैदल यात्रा गरी पुग्नुपर्ने ठाउँमा दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकाल सहितको टोलीले केही दिन अघि मात्रै स्थलगत निरिक्षण तथा सर्भे गरेका थिए । सिमिगाउँमा करिब सय घरधुरी रहेकोमा अझै ५० घर धुरीले मिटरको लागि निवेदन दिएका छन् ।

दोलखा जिल्लाको अति बिकट क्षेत्रको रुपमा रहेको गौरीशंकर गाउँपालिकास्थित सिमिगाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत बलेको छ । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ मा पर्ने विकट क्षेत्रको रुपमा रहेको छो– रोल्पा हिमताल जाने मार्गमा पर्ने सिमिगाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत बल्न सुरु भएको हो । यसअघि माइक्रोहाइड्रोबाट विजुली बलिरहेको गाउँमा अहिले नेपाल विद्युत प्राधिकरण अन्तर्गत प्रसारण लाइनको विद्युत बल्न सुरु भएको गौरीशंकर गाउँपालिका ९ का वडाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

सिमिगाउँमा २ वर्षअघिदेखिनै राष्ट्रिय प्रसारण लाइनको विजुली प्रवाहको लागि तयारी भएपनि केहीदिन अघिदेखि मात्रै बत्ती बल्न थालेको हो । करिब सय घरधुरी रहेको सो गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विगु गाउँपालिकाको छ्योतछ्योतबाट जोडेर लगिएको हो । यसअघि माइक्रोहाइड्रोबाट विजुली बलिरहेको गाउँमा अहिले नेपाल विद्युत प्राधिकरण अन्तर्गत प्रसारण लाइनको विद्युत बल्न सुरु भएको गौरीशंकर गाउँपालिका ९ का वडाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि २०७४ सालमा टासिनाम गाउँमा बत्ती बल्न सुरु भएको थियो । अब बेदिङ, क्याल्छे दोभान, सुमुर्चे र ना गाउँमा विद्युत प्रवाह हुन बाँकी रहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । दोलखा वितरण केन्द्रका अनुसार बेदिङ, क्याल्छे दोभान, सुमुर्चे सम्म विद्युत बाल्नका लागि काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणको २०७६/७७ को योजना अनुसार सो क्षेत्रमा विद्युत पु¥याउनका लागि ३ करोड बजेट विनियोजन भएको थियो । सो क्षेत्रसम्म विद्युत प्रवाहका लागि आवश्यक उपकरण सहित जडान लगायतका अन्य कामहरु भएको प्राधिकरणका सुचना अधिकारी चौधरीले बताउनुभयो । अधिकांश काम सकेकोले सम्भवत ती गाउँहरुमा पनि केही समयमै विद्युत प्रवाह हुने प्राधिकरणले जनाएको छ । यद्धपी ना गाउँमा भने अहिलेनै राष्ट्रिय प्रसारण लाइनको विदुत पुग्ने छैन । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विजुली केन्द्रिय प्रसारण लाइनमा जोडिसकेको अवस्थामा जिल्लाकै धेरै बस्तीहरुमा विद्युत प्रवाह हुन बाँकी थियो । तामाकोशी हाइड्रोपावर रहेको पालिका विगु गाउँपालिकाकै लप्चीमा पनि विद्युत प्रवाह हुन बाँकी छ ।