images
images

दोलखामा चुनावी तालमेलमा सकस, पाँच दिनदेखि बैठक बस्नै सकेन

  • १ बैशाख २०७९, बिहीबार १८:३९

दोलखा । सत्तारुढ गठबन्धन वीचको अस्वभाविक दावी र आशंकाका कारण दोलखामा स्थानीय तहको निर्वाचनका लागि हुने भनिएको चुनावी तालमेल अन्यौलमा परेको छ ।

स्थानीय तहको निर्वाचनको मनोनयन गर्ने मिति आउन १० दिन बाँकी रहेपनि जिल्लामा सत्तारुढ गठबन्धनका दलहरु वीच सहमति जुट्न नसकेको हो । दलहरु वीच सहमति नजुट्दा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टुँगो लाग्न सकेको छैन भने चुनावी राजनीतिक माहौल समेत अघि बढ्न सकेको छैन । चुनावी तालमेल अन्यौलमा रहेका बेला जिल्लामा क्रियाशिल सत्तारुढ दलका नेताहरुले सहमतिको वातावरण बिग्रिने खालका अभिव्यक्ति दिन थालेका छन् ।दोलखामा क्रियाशिल सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी दल वीच पाँच दिनदेखि छलफल अवरुद्ध भएको छ । केही दलहरु वीच द्धिपक्षिय छलफल चलेको भनिए पनि सत्तारुढ दलहरु सामूहिकरुपमा छलफलमा नबसेको पाँच दिन भईसकेको छ ।

चैत्र २६ गते दलहरु वीच चुनावी तालमेलका बारेमा छलफल भएपनि त्यसयता छलफल हुन नसकेको हो । सत्तारुढ दलहरुवीचको बैठक बस्न नसकेपछि नेताहरु संघीय राजधानी काठमाडौंतर्फ लागेका छन् । सत्तारुढ दलहरुवीच चुनावी तालमेलका बारेमा तीन चरणको छलफल भएपनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन । दलहरुले अहिलेसम्म स्थानीय तहमा रहेको आ–आफ्नो दावीलाई बैठकमा बिस्तृतरुपमा प्रस्तुत समेत गरेका छैनन् । जिल्लाका ९ स्थानीय तहमध्ये ६ वटामा नेपाली कांग्रेस एक्लैले दावी गरेपछि नेकपा माओवादी केन्द्र र नेकपा एस झस्किएको छ । माओवादी केन्द्रलाई दुई र नेकपा एसलाई एक स्थानीय तहमा सिमित गर्नेगरी कांग्रेसले दावी प्रस्तुत गरेपछि सत्तारुढ दुई दल झस्किएका हुन् ।

सत्तारुढ गठबन्धन वीचको अस्वभाविक दावी र आशंकाका कारण दोलखामा स्थानीय तहको निर्वाचनका लागि हुने भनिएको चुनावी तालमेल अन्यौलमा परेको छ । दलहरु वीच सहमति नजुट्दा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टुँगो लाग्न सकेको छैन भने चुनावी राजनीतिक माहौल समेत अघि बढ्न सकेको छैन । चुनावी तालमेल अन्यौलमा रहेका बेला जिल्लामा क्रियाशिल सत्तारुढ दलका नेताहरुले सहमतिको वातावरण बिग्रिने खालका अभिव्यक्ति दिन थालेका छन् । दोलखामा क्रियाशिल सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी दल वीच पाँच दिनदेखि छलफल अवरुद्ध भएको छ ।

नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा बिजयी भएको बिगु र वैतेस्वरसहित ५ गाउँपालिका र भीमेस्वर नगरपालिका सहित ६ स्थानीय तहमा दावी गरेको बैठकमा सहभागि नेताहरुले बताएका छन् । यस्तै, माओवादी केन्द्रले वैतेस्वर, विगु, गौरीशंकर र कालिन्चोक गाउँपालिका तथा जिरी नगरपालिकामा दावी गरेको छ । वैतेस्वर र बिगु गाउँपालिकामा यसअघिको निर्वाचनमा कांग्रेसलाई अध्यक्ष पद छाडेको र अहलिे ती दुवै पालिकामा आफ्नो संगठन मजवुद रहेको भन्दै माओवादी केन्द्रले अध्यक्ष दावी गरेको छ । गौरीशंकर, कालिन्चोक र जिरीमा पनि आ–आफ्नो संगठन शसक्त रहेको माओवादीको दावी छ । नेकपा एसले मेलुङ, तामाकोशी र वैतेस्वर गाउँपालिकाको प्रमुखमा दावी गरेको छ ।

नेपाली कांग्रेसले भने माओवादी र नेकपा एसले आफ्नो हैसियत भन्दा बढी स्थानीय तहमा दावी गरेको बताएको छ । कांग्रेस दोलखाले बुधवार सदरमुकाम चरिकोटमा आयोजना गरेको कार्यक्रममा सभापति बर्मा लामाले गठबन्धनका दलहरुले चाहिने, थाम्न सक्ने र भारी बोक्न सक्ने भन्दा बढी भाग खोजेको बताउनुभयो । उहाँले अन्य दलले अस्वभाविक दावी गरेर कांग्रेसलाई तह लगाउन खोजे बोक्नै नसक्ने भारी बोकेर कोसी पारी पुरयाउन नसक्ने अभिव्यक्ति दिनुभयो । जिल्लामा एमालेको संगठन घट्दो र माओवादीको संगठन गिर्दो अवस्थामा रहेको जिकिर गर्दै सभापति लामाले एक्लै लड्दा पनि जित हाँसिल गर्न सक्ने जिकिर गर्नुभयो । नेता लामाको यो अभिव्यक्तिले चुनावी तालमेलको वातावरणलाई झनै बिग्राने देखिएको छ ।

जिल्ला तहको छलफलमा कांग्रेसले वास्तविक धरातलमा नटेकी धेरै स्थानीय तहमा दावी गरेर दम्भ र घमण्ड देखाएको माओवादी केन्द्र र नेकपा एसका नेताहरुको बुझाई छ । ९ मध्ये ६ वटा स्थानीय तहमा दावी गर्नु न्याय संगत नभएको उनीहरुको बुझाई छ । ‘एमाले विभाजन भएका कारण एक्लै चुनाव जित्छौं भन्ने कांग्रेसको दावी गलत हो’, बैठकमा सहभागि एक नेताले भने, ‘माओवादी र नेकपा एसको संगठन निर्माण र परिचालन कांग्रेसले सोचे भन्दा बलियो छ ।’ छलफल सकारात्मक नभएकै कारण माओवादी केन्द्रले जिल्लाका तीन स्थानीय तहमा एकलौटी ढंगले अध्यक्ष पदका उम्मेदवार घोषणा गरेको छ । माओवादीले कालिन्चोकमा कुलवहादुर बुढाथोकी, वैतेस्वरमा लक्ष्मण खड्का र तामाकोशीमा सन्तोष केसीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा बिजयी भएको बिगु र वैतेस्वरसहित ५ गाउँपालिका र भीमेस्वर नगरपालिका सहित ६ स्थानीय तहमा दावी गरेको बैठकमा सहभागि नेताहरुले बताएका छन् । यस्तै, माओवादी केन्द्रले वैतेस्वर, विगु, गौरीशंकर र कालिन्चोक गाउँपालिका तथा जिरी नगरपालिकामा दावी गरेको छ ।नेपाली कांग्रेसले भने माओवादी र नेकपा एसले आफ्नो हैसियत भन्दा बढी स्थानीय तहमा दावी गरेको बताएको छ । जिल्ला तहको छलफलमा कांग्रेसले वास्तविक धरातलमा नटेकी धेरै स्थानीय तहमा दावी गरेर दम्भ र घमण्ड देखाएको माओवादी केन्द्र र नेकपा एसका नेताहरुको बुझाई छ । 

चुनावी तालमेल हुँदा पुर्नविचार गर्ने भन्दै उम्मेदवार घोषणा गरेको माओवादी केन्द्रको कदमपछि कांग्रेस र नेकपा एस दुवै सशंकित भएका छन् । कांग्रेसले भने दवावकालागि माओवादीले एकलरुपमा उम्मेदवार घोषणा गरेको ठानेको छ । माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवँ जिल्ला इन्चार्ज देवी खड्काले तालमेलको वातावरण बिर्गान नभई स्थानीय तहको चुनावी माहौल तताउनकालागि उम्मेदवार घोषणा गरेको प्रतिक्रिया दिनुभयो । सत्तारुढ दलहरु वीच वातावरण नबिग्रिएको र एक दुई दिनभित्रै छलफल गरेर टुँगोमा पुग्ने उहाँले बताउनुभयो । तर, सहमति नजुटे एकल ढँगले पनि तयारी गरेर अघि बढ्नु पर्ने अवस्था आउन सक्ने नेतृ खड्काको भनाई छ ।

नेकपा एसले भने कांग्रेस र माओवादी मिलेर आफुहरुलाई घेर्न खोजेको आशंका गरेको छ । आफुहरुलाई अलग राखेर दुई दल वीच छुट्टै छलफल भएको नेकपा एसको आशंका छ । नेकपा एसका पोलिटव्यूरो सदस्य एवँ जिल्ला इन्चार्ज शिवप्रसाद भण्डारीले ‘आए आईज नआए नआईज’ भन्ने अर्थले चुनावी तालमेल कठिन हुने बताउनुभयो । नेता भण्डारीले स्थानीय निर्वाचनमा माथिवाट जबरजस्ती गरिने चुनावी तालमेलले तल्ला कमिटीको वास्तविकता र तथ्यसंगत नहुने भन्दै भ्रममा नपरी आफ्नै शक्तिमा उभिएर निर्वाचनको तयारीमा लाग्न सामाजिक सञ्जाल मार्फत अपिल पनि गर्नुभएको छ ।