images
images

आजबाट नयाँ वर्ष २०८० सुरु, दोलखामा पर्यटकको उत्साहजनक बृद्धि

  • १ बैशाख २०८०, शुक्रबार ०७:४९

आजदेखि नयाँ वर्ष २०८० सुरु भएको छ ।

विक्रम संवत अनुसार आज नयाँ वर्षको पहिलो दिन । २०७९ सालको बिदाई गरी ८० साललाई देशभर हर्षोउल्लासका साथ स्वागत गरिँदैछ । विक्रम संवतलाई आधार मानेर हरेक वर्षको बैशाख १ गतेलाई नेपालमा नयाँ वर्षको रुपमा मनाउने प्रचलन रहेको छ । आपसमा शुभकामना आदनप्रदान, भेटघाट, खानपिन र रमाईलो गरेर नयाँ वर्षको स्वागत गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एक आपसमा शुभकामना आदन प्रदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्ति पिठमा दर्शन गर्ने चलन पनि छ । अघिल्लो वर्षको बिदाई र नयाँ बर्षको स्वागतका लागि पर्यटकीय जिल्ला दोलखामा आन्तरिक पर्यटकहरुको चाप बढेको छ । सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र कालिन्चोकको कुरीमा नयाँ बर्ष मनाउन उल्लेख्य रुपमा पर्यटकहरु दोलखा आएका छन् ।

नयाँ वर्षको अवसरमा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दोलखा भिमेश्वर, कालिञ्चोक, शैलुङ, पर्यटकीय नगरी जिरी लगाएतका स्थानमा बाक्लो संख्यामा पर्यटकहरु भित्रिएका छन् । विगत केहि बर्ष यता दोलखामा नयाँ बर्ष मनाउन आउने पर्यटकहरुको सँख्यामा उत्साहप्रद बृद्धि भएको हो ।