images
images

बैंक तथा वित्तीय संस्थाहरुले घटाए व्याजदर, आजदेखि लागु हुने

  • १ बैशाख २०८०, शुक्रबार १०:१०

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ ।

वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको थियो । निर्णय अनुसार व्यक्तिगत मुद्दती खातामा बैंकले अब अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यसअघि मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । संस्थागत खातामा बैंकले ७ दशमलव ९ प्रतिशतसम्म ब्याज दिनेछन । यसअघि संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज रहेको थियो ।
यस्तै, साधारण बचतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि बैंकहरूले बचतमा न्यूनतम् ६ प्रतिशत ब्याज दिँदै आएका थिए ।