images
images

पर्यटन प्रवद्र्धनको लागि हनुमन्तेमा मेला र ताबेडाँडामा उमाकुण्ड वृहत सांस्कृतिक कार्यक्रम

  • १ बैशाख २०८०, शुक्रबार १०:२५

जिरी (दोलखा) । पर्यटन प्रवद्र्धनको लागि नयाँ वर्षमा आज दोलखा र रामेछापको पर्यटकीय स्थलमा भव्य मेला र वृहत कार्यक्रम हुँदैछ ।

आज २०८० सालको पहिलो दिन दोलखाको हनुमन्तेमा हनुमन्ते मेला र रामेछापको ताबेडाँडामा उमाकुण्ड वृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो । शासगरी पर्यटन प्रवद्र्धनको लागि पर्यटकीय स्थल हनुमन्तेमा २०७८ सालदेखि हनुमन्तेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष नयाँ वर्षको दिन मेला लाग्न थालेको हो । यद्धपी गत वर्ष भने कोरोना माहामारी लगातका कारण हनुमन्तेमा मेला लागेको थिए ।

दोलखाको पर्यटकीय गन्तव्य शैलुङ र कालिञ्चोकको साथै हनुमन्ते पनि एक रमणीय पर्यटकीय गन्तव्य हो । विगतमा हनुमन्तेको खासै चर्चा नभएपनि शैलुङ, कालिञ्चोक जस्तै हनुमन्ते पनि उच्च पहाडी क्षेत्रमा रहेको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । धार्मिक विश्वास राख्ने र प्रकृतिसँग लुकामारी गर्नेहरुको लागि हनुमन्ते एक आकर्षणको महत्व बोकेको केन्द्रको रुपमा रहेको छ । वैत्येश्वर गाउँपालिका, जिरी नगरपालिका र गौरीशंकर गाउँपालिकाको संगमस्थलमा अवस्थित हनुमन्ते डाँडामा गुफा र हनुमानको मूर्ति छ । हनुमन्ते समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा पर्दछ । २०७८ सालमा हजारौंको संख्यामा पर्यटक तथा दर्शनार्थी हनुमन्ते पुगेका थिए ।

यसैगरी, पर्यटन प्रवद्र्धनका लागि रामेछापको उमाकुण्ड गाउँपालिकाले पनि आज ताँबेडाँडामा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको संगमस्थल तामेडाँडामा नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले वृहत कार्यक्रमको आयोजना गरिएको हो ।

नयाँ वर्ष २०८० को सुखद उपलक्ष्यमा रामेछापको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ताँमेडाँडामा उमाकुण्ड गाउँपालिकाको आयोजनामा शुभकामना आदनप्रदान र पहिचान सहितको झाँकी प्रदर्शन तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको सहभागीतामा उमाकुण्ड बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको पालिका अध्यक्ष शेर बहादुर सुनुवारले जानकारी दिनुभयो ।