
काठमाडौं । आजबाट नेपाली नयाँ वर्ष सुरु भएको छ ।
२०८१ सालको बिदाई गरी ८२ साललाई देशभर हर्षेउल्लासका साथ स्वागत गरिँदैछ । विक्रम संवत अनुसार आज नयाँ वर्षको पहिलो दिन । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एक आपसमा शुभकामना आदान प्रदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्ति पिठमा दर्शन गर्ने चलन पनि छ ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनु हुन्छ । नयाँ वर्षको पहिलो राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहिआएको छ ।