images
images

रामेछापमा चट्याङ लागेर दाजुबहिनी घाइते

रामेछाप । रामेछापमा चट्याङ लागेर एकै घरका दाजुबहिनी गम्भीर घाइते भएका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा –३ साल्मेमा चट्याङ लागेर एकै घरका दाजुबहिनी गम्भीर घाइते भएका हु्न । चट्याङ लागेर १८ वर्षीय कुमार थापा र ११ वर्षीया विनिता थापा घाइते भएका हुन् । चट्याङ लागेर दुवै जनाको शरीर जलेको रामेछाप प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि काठमाडौंका पठाइएको छ । चट्याङले ढोका र विद्युतीय मिटर बक्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।