
काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिसमा परेका छन् ।
२०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लाग गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार गरिएको जानकारी दिइएको छ ।
बढुवा सिफारिसमा हुनेमा जिल्ला प्रहरी कार्यालय दोलखा अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका सुदिप थापा, नेपाल प्रहरी अपराध अनुसन्धान कार्यायल सिन्धुलीका कैलाश कुमार केसी, इलाका प्रहरी कार्यालय बरेङडाडा बागलुङ रबी घिमिरे लगायत छन् ।
हेर्नुहोस् (सूचीसहित) ।