
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ वर्षको पहिलो दिनबाटै पुनः जनतासँग माओवादी जागरण अभियान सुरु गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेश जागरण अभियान आजबाट पुनः सुरु गरेको हो । नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट पुनः अभियान सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरु अभियानका लागि नवलपुरको गैँडाकोट पुुगेका छन् । प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेश जागरण अभियान नवलपुरको गैडाकोट पुगेको हो । अभियानका लागि पुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई गैँडाकोटमा भव्य स्वागत गरिएको छ ।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान सुदुरपश्चिमको कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।