images
images

सुनसरीमा गोली चल्यो, एक जना गम्भीर घाइते

  • २ बैशाख २०८२, सोमबार २१:०५

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ ।

आज साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । गोली प्रहारबाट स्थानीय शिव कुमार महतो घाइते भएका हुन् । उनलाई कम्मरदेखि मुनि गोली लागेको छ । अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालले जानकारी दिनुभयो ।

घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको दाहालले बताउनुभयो । गम्भीर अवस्थामा शिव कुमारको भने नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।