images
images

सोलुखुम्बुमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप, एक पुरुषको मृत्यु

  • ३१ बैशाख २०७९, शनिबार ०८:११

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुदाँ एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर ३ मा भोट खसाल्न आएकी विरामी वृद्धाको मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबिच झडप हुदाँ ३५ वर्षिय सुदिप राईको मृत्यु भएको हो । दुई पक्षबिचको दोहोरो झडपमा परी राई गम्भीर घाइते भएका थिए । गम्भीर घाइते राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो । कांग्रेसका कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएकको प्रहरीले जनाएको छ । मत खसाल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने घर पु¥याउन बेवास्ता गरेको भन्दै दुई समुहबिच विवाद चर्किएको छ ।