जिरी (दोलखा) । दोलखामा दुई पालिकामा मत गणना सुरु भएको छ ।
जिरी नगरपालिका र शैलुङ गाउँपालिकामा मतगणना भइरहेको हो । जिरी र शैलुङमा राती १ बजेदेखि मत गणना सुरु भएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । जिरीमा वडा नम्बर १ बाट मतगणना गर्न सुरु गरिएको छ । हालसम्म वडा १ मा कांग्रेसले अग्रता लिइरहेको छ । ५ सय २८ मत खस्दा सम्म कांग्रेस वडाध्यक्षका उम्मेदवार कर्साङ शेर्पाले २ सय ४९ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका साङ्गे शेर्पाले १७० तथा एमालेका सूर्य बस्नेतले ६७ मत पाएका छन् । अझै ७ स्थानीय तहमा भने सुरु हुन सकेको छैन । ती पालिकाहरुको सर्वदलीय बैठक जारी रहेको र कुनैको बैठकनै बस्न बाँकी रहेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार आज दिउँसोसम्म जिल्लाको सबै स्थानमा मतगणना सुरु हुनेछ । दोलखामा कुल ६६ दशमलव ०४ प्रतिशत मत खसेको थियो ।