
जिरी (दोलखा) । दोलखामा ६६ दशमलव ०४ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाको तथ्याक अनुसार जिल्लामा हिजो भएको मतदानमा ६६ दशमलव ०४ प्रतिशत मत खसेको हो । दोलखामा स्थानीय तह निर्वाचनमा १ लाख ६ हजार ९६ मतदाता रहेकोमा १ लाख ५ हजार ७ सय ३२ अर्थात ६६ दशमलव ०४ प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जसअनुसार जिरी नगरपासलकामा १४ हजार ५८ मतदाता रहेकोमा ९ हजार ७८ जना अर्थात ६४ दशमलव ५८ प्रतिशत, भिमेश्वर नगरपालिकामा २६ हजार ८ सय ३३ मतदाता रहेकोमा १७ हजार ९ सय १९ अर्थात ६६ दशमलव ७८ प्रतिशतले मतदान गरेका छन् । यसैगरी, बैतेश्वर गाउँपालिकामा १७ हजार ४ सय ६२ मतदाता रहेकोमा १२ हजार ३ सय ५२ अर्थात ७० दशमलव ७४ प्रतिशत, विगु गाउँपालिकामा १४ हजार ४ सय ६२ मतदाता रहेकोमा १० हजार २ सय ६ अर्थात ७० दशमलव ७६ प्रतिशत, मेलुङमा १८ हजार १ सय ५३ मतदाता रहेकोमा १० हजार ८ सय ८९ अर्थात ५९ दशमलव ९८ प्रतिशत, गौरीशंकरमा १५ हजार ३ सय ४१ मतदाता रहेकोमा ९ हजार ८ सय १४ अर्थात ६७ दशमलव ९७ प्रतिशत, कालिञ्चोकमा १८ हजार ६ सय ६१ मतदाता रहेकोमा १२ हजार ९ सय १९ अर्थात ६९ दशमलव २३ प्रतिशत, शैलुङमा १९ हजार ३ सय ३० मतदाता रहेकोमा १२ हजार ३ सय ४८ अर्थात ६३ दशमलव ८८ प्रतिशत र तामाकोशी गाउँपालिकामा १५ हजार ८ सय ३५ मतदाता रहेकोमा १० हजार २ सय ७ अर्थात ६४ दशमलव ४६ प्रतिशत मत खसेको छ ।
सबै भन्दा कम गौरींशकर गाउँपालिकामा ९ हजार ८ सय १४ र सबै भन्दा बढी बैतेश्वर गाउँपालिकामा बढी १२ हजार ३ सय ५२ जनाले मतदान गरेका छन् ।