images
images

जिरी १ का वडाध्यक्षमा कांग्रेसका शेर्पा विजयी

  • ३१ बैशाख २०७९, शनिबार ११:३३

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका पासाङ शेर्पा (कर्साङ) निर्वाचित भएका छन् ।

जिरी १ को भर्खरै सम्पन्न मतगणना अनुसार शेर्पा ४ सय ८३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा माओवादी केन्द्रका साङगे शेर्पालाई पराजित गर्दै विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी शाङ्गेले भने ३ सय ६५ मत पाएका छन् । साङ्गे १ सय २७ मतान्तरले पराजित भएका छन् । एमालेका अध्यक्षका उम्मेदवार सूर्य बस्नेतले भने १ सय ८९ मत मात्रै पाएका छन् ।

यसैगरी जिरी १ बाट कांग्रेस नगरप्रमुखका उम्मेदवार लाक्पा शेर्पाले ६ सय ३८, माओवादीका गेल्बु शेर्पाले १ सय ७१ र एमालेका मित्र जिरेलले १ सय ३२ मत पाएका छन् भने उपप्रमुखका उम्मेदवारहरु माओवादीका तेज बहादुर गोलेले २ सय ८९, एमालेकी कृष्णमाया बुढाथोकी खड्काले १ सय ८९ र स्वतन्त्र उम्मेदवार कांग्रेसका आङपासाङ शेर्पाले ४१ मत पाएका छन् ।

निर्वाचन सम्पन्न भएपछि जिल्लामै पहिलो पटक जिरीबाट निर्वाचनको परिणाम आउन थालेको छ ।