
जिरी (दोलखा) । दोलखाको शैलुङ गाउँपालिकामा ४ सय मत गणना हुँदा गठबन्धको अग्रता देखिएको छ ।
शैलुङ गाउँपालिकामा वडा नम्बर १ बाट मत गणना सुरु भएकोमा हालसम्म ४ सय मत गणना हुँदा गठबन्धन दल अघि देखिएको हो । विहान करिब साँढे ११ सम्मको परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका धनबहादुर तामाङले १ सय ७० मत प्राप्त गरेका छन् भने कांग्रेस र माओवादी गठबनधनका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका माओवादी नेता रिमालबाबु श्रेष्ठले १ सय ८८ मत पाएका छन् । पालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १/१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले १ सय ७६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट कँंग्रेसका उम्मेदवारले २ सय ४ मत पाएका छन् । वडाध्यक्षमा एमालेले १ सय ८४ मत प्राप्त गर्दा कांग्रेसले २ सय २ मत पाएका छन् । महिला सदस्य, सदस्य र दलित महिला सदस्य तथा खुल्ला सदस्यमा पनि गठबनधनको अग्रता कायम छ ।