images
images

जिरी १ मा नेपाली कांग्रेसको प्यानल विजयी

  • ३१ बैशाख २०७९, शनिबार १२:५८

जिरी (दोलखा) । जिरी नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसका प्यानलनै विजयी भएका छन् ।

जिरीमा १ मा वडाध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य गरी ५ जनानै कांग्रेसबाट विजयी भएका हुन् । जिरी १ मा वडाध्यक्षमा पासाङ शेर्पा (कर्साङ), महिला सदस्यमा ङिमुलु शेर्पा, दलित महिला सदस्यमा आइतमाया विश्वकर्मा र सदस्यहरुमा सन्फिन्जु शेर्पा तथा ढाल बहादुर बुढाथोकी विजयी भएका छन् ।

जसअनुसार वडाध्यक्ष शेर्पाले ४ सय ८३ मत ल्याएका छन भने महिला सदस्य शेर्पाले ४ सय ७१, दलित महिला सदस्य विश्वकर्माले ४ सय ६२ र खुल्ला सदस्य सन फिन्जुले ४ सय ६९ र ढालबहादुरले ४ सय ५६ मत प्राप्त गरेका छन् ।