
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिरा बहादुर गुर्माछान प्यानल सहित विजयी भएका छन् ।
केहीबेर अघि सार्वजनिक मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गुर्माछान प्यानल सहित विजयी भएका हुन् । गुर्माछानले ५ सय ६ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ४ सय ३८ मत प्राप्त गरेका छन् ।