images
images

गोकुलगंगाको चुचुरेमा कांग्रेसको प्यानलनै विजयी

  • ३१ बैशाख २०७९, शनिबार १३:३४

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरेमा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

भर्खरै सम्पन्न मतगणनामा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार छत्र बस्नेतको प्यानल नै विजयी भएको हो । बस्नेत ६ सय मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार रामजी कार्कीले ५ सय २ मत मात्रै प्राप्त गरेका छन् । यसैगरी, महिला सदस्यमा दिर्गा माया थापा, दलित महिला सदस्यमा बिमला खाती र खुल्ला वडा सदस्यहरु टोप बहादुर खत्री र दुर्गा बहादुर थापा विजयी भएका छन् । चुचुरेमा एक हजार ६ सय ७५ मत खसेको थियो ।