
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको मतगणना आज बेलुकीबाट मात्रै सुरु हुने भएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङबाट मतपत्र अझै नआईपुगेकाले मतगणना सुरु हुन नसकेको हो । बेलुकी ५ बजेसम्म बेदिङबाट मतपत्र आईपुग्ने र मतपत्र आईपुगे लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृत होम प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना गर्नका लागि सर्वदलिय बैठक भने राखिसकिएको छ । जिल्लाका अन्य सवै पालिकामा मतगणना जारी छ ।