images
images

स्थानीय तह निर्वाचन मतपरिणामः दोलखाका कुन पालिकामा कस्को अग्रता ?

  • ३१ बैशाख २०७९, शनिबार १७:२५

दोलखा । दोलखाका ९ स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा मतगणना जारी छ ।

अहिलेसम्म हामीलाई प्राप्त नतिजा अनुसार कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसका अर्जुनप्रसाद शिवाकोटीले ३ सय १३ मत प्राप्त गरेका छन् भने एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीले २ सय ५३ मत पाएका छन् । गाउँपालिकाको उपाध्यक्षतर्फ एमालेकी कविता थामीले ३ सय ३ र गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार कुल बहादुर बुढाथोकीले २ सय ४९ मत पाएका छन् ।

जिरी नगरपालिका

यस्तै जिरी नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका लाक्पा शेर्पाले ६ सय ७८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका गेल्बु शेर्पाले २ सय ७८ र एमालेका उम्मेदवार मित्र जिरेलले २ सय ४४ मत पाएका छन् । जिरी नगरपालिकाको उपमेयरतर्फ माओवादी केन्द्रका उम्मेदवार तेज बहादुर तमाङले ४ सय ३९ मत प्राप्त गरेका छन् भने एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार कृष्णमाया बुढाथोकी खड्काले ३ सय ११ र स्वतन्त्र उम्मेदवारी दिएका आङ पासाङ शेर्पाले ४७ मत पाएका छन् ।

बैतेश्वर गाउँपालिका

यसैगरी वैतेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका लक्ष्मण खड्काले एमालेका उम्मेदवार माधव घिमिरेलाई पछ्याइरहेका छन् । यो समाचार तयार पार्दासम्म प्राप्त नतिजा अनुसार खड्काले ६० मत पाएका छन् भने घिमिरेले ८१ मत पाएका छन् । नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छवि लामाले ५६ मत पाएका छन् । वैतेश्वरको उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी कल्पना उप्रेतिले ५१, कल्याण दहालले ३९ र छविलाल तमाङले ३७ मत पाएका छन् ।

मेलुङ गाउँपालिका

मेलुङ गाउँपालिकामा पनि मतगणना जारी छ । मेलुङमा यो समाचार तयार पार्दासम्म नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार हिरा थोकरले २ सय २ मत पाएका छन् भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका रविन्द्र कुमार कार्कीले १ सय २६ मत पाएका छन् । यसैगरी गाउँपालिकाको उपाध्यक्षतर्फ गायत्री आचार्यले १ सय २०, नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवार बनेका भक्त बहादुर तमाङले ५४ मत पाएका छन् ।

शैलुङ गाउँपालिका

दोलखाको शैलुङ गाउँपालिकाको अधयक्षमा भने नेकपा माओवादी केन्द्रकोउम्मेदवार बनेका रिमालवावु श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले १ सय ८८ मत पाएका छन् भने एमालेका उम्मेदवार धन बहादुर तमाङले उनलाई पछ्याइरहेका छन् । तमाङले १ सय ७० मत पाएका छन् । शैलुङ उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दावा दोर्जे लामाले १ सय ८४ मत पाएका छन् भने एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार पार्वती कार्कीले १ सय ७६ मत पाएकी छिन् । जिल्लाको गौरीशंकर गाउँपालिका बाहेक अन्य पालिकामा पनि मतगणना जारी छ । यद्यपी नतिजा प्राप्त भएको छैन ।