images
images

विगु र गौरीशंकर गाउँपालिकामा पनि मतगणना सुरु

  • ३१ बैशाख २०७९, शनिबार १८:५२

जिरी (दोलखा) । दोलखाको विगु र गौरीशंकर गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

जिल्लाको ७ स्थानीय तहमा मतगणना भइरहेकोमा केहीबेर अघिदेखि विगु र गौरीशंकरमा पनि मतगणना सुरु भएको हो । विगुमा वडा नम्बर १ बाट मत गणना सुरु भएको छ । जसमा हालसम्म ५० मत गणना हुँदा गठबन्धन अघि देखिएको छ । गठबन्धनको तर्फबाट पालिका अध्यक्षका उम्मेदवार सञ्जिव ओलीले २० मत प्राप्त गर्दा उपाध्यक्षमा आङनिमा शेर्पाले ३२ र एमालेका अध्यक्षका उम्मेदवार अच्युतम केसीले ९ मत र उपाध्यक्षमा देवीका थामीले ७ मत पाएका छन् ।

गौरीशंकर गाउँपालिकामा भने भर्खरै मतगणना सुरु भएकाले परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृत होम प्रसाद घिमिरेले जानकारी दिनुभयो । गौरीशंकरमा पनि वडा नम्बर १ बाटै मतगणना सुरु भएको छ ।