images
images

जिरी २ मा माओवादीको प्यानल विजयी

  • ३१ बैशाख २०७९, शनिबार २१:४८

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ ।

भर्खरै सार्वजनिक मत परिणाम अनुसार जिरी २ को वडाध्यक्षमा ङिमपल्दे शेर्पा र उनको प्यानलनै विजयी भएका हुन् । गत स्थानीय निर्वाचनबाट वडा नम्बर २ मा निर्वाचित भएर एक कार्यकाल सकाइसकेका शेर्पा जिरी २ कै अध्यक्षमा विजयी भएका हुन् । उनी ४ सय ६५ मत प्राप्त गर्दै जिरी २ का वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी एमालेका पासाङ रिन्जी शेर्पाले ४ सय ४० मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका ङावा शेर्पाले ८८ मत मात्रै पाएका छन् ।

यसैगरी जिरी २ मा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पनि माओवादीकै विजयी भएका हुन् । महिला सदस्यमा माओवादीकी शान्ति कार्की,दलित महिला सदस्यमा निर्मला विश्वकर्मा, सदस्यमा पूर्ण बहादुर खत्री र आङङिमा शेर्पा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले दोलखामा जिरी २ बाट खाता खोलेको हो । यसअघि वडा नम्बर १ मा भने कांग्रेसको प्यानलनै विजयी भएको थियो ।