images
images

नक्कली भुटानी शरणार्थी प्रकरणः रामेछापका पूर्बसभासद आङटावा बिरुद्ध पक्राउ पुर्जी जारी

  • ३१ बैशाख २०८०, आईतवार १२:५३

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेशका नेता एबम् रामेछापका पूर्बसभासद् आङटावा शेर्पाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रामेछापका शेर्पाबिरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताईएको छ । शेर्पाले अमेरिका पठाईदिने भन्दै जिल्लाका बिभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप लागेको छ । २०७० को संबिधानसभा सदस्य निर्वाचनमा रामेछाप १ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन् ।