images
images

देशभरका सिडिओ र सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन– कार्यशैलीमा गुणात्मक परिवर्तन गर्नु

  • ३१ बैशाख २०८०, आईतवार १८:५१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभरका प्रमुख जिल्ला अधिकारी सिडिओ र सुरक्षा निकायलाई मिटरव्याजी र सिमा सुरक्षामा ध्यान दिन निर्देशन दिनुभएको छ ।

सिडिओ र सुरक्षा निकायका प्रमुखहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो । सिंहदरवारस्थित मन्त्रालयबाट बैठकलाई सम्बोधन गर्दै उहाँले दृष्टिबिन्दु, कार्यशैली र कार्यपदतीमा गुणात्मक परिवर्तन गर्न निर्देशन दिनुभयो । गृहमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडीत पर्छन् कि पर्दैनन्? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मुल्यांकनको आधारको रुपमा यसलाई लिईने स्पष्ट पार्नुभएको छ । साथै सो विषयलाई सामान्य निर्देशनको रुपमा मात्र नलिन समेत उहाँले आग्रह गर्नुभएको छ । विपद्को पुर्व तयारी, शान्ति सुरक्षाको स्थिति, मिटरव्याज, सिमा सुरक्षा लगायका इस्युमा गृहमन्त्री श्रेष्ठले आवश्यक निर्देशन दिनुभयो ।