images
images

मलेसियामा सुतेको अवस्थामा विद्युत सर्ट भएर आगलागी हुँदा एक नेपालीको मृत्यु

  • १ जेष्ठ २०८१, मंगलवार १०:००

मलेसियामा सुतेको अवस्थामा आगलागी हुँदा जलेर एक नेपालीको मृत्यु भएको छ ।

बैतडीको मेलौली नगरपालिका–१ का ३२ वर्षीय दिपकसिंह नायकको आगलागीमा परी मृत्यु भएको हो । नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी हुँदा मृत्यु भएको हो । नायक रोजगारीको सिलसिलामा विगत ९ वर्षदेखि मलेसियामा रहँदै आएका थिए । हाल नायकको शव नेपाल ल्याउन पहल भइरहेको बताइएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।