काठमाडौँ । बागमति प्रदेशसका चार मन्त्रालयका सहसचिव सहित ६० जना सहसचिवको सरुवा भएको छ ।
सरकारले एकैपटक ठुलो संख्यामा सहसचिवहरुको सरुवा गरेको हो । जसअनुसार विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सहसचिवहरुको सरुवा भएको छ । मन्त्रीपरिषद बैठकको निर्णय अनुसार बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, कृषी मन्त्रालय र कानुन मन्त्रालयका प्रदेश सचिव तथा सहसचिवहरुको सरुवा भएको हो । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका निश्चलराज पाण्डेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने बागमति प्रदेशका सामाजिक विकास मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, कृषी तथा पशुपन्छी विकास मन्त्रालयका प्रदेश सचिव राजेन्द्र कोईरालाको कृषी तथा पशुपन्छी विकास मन्त्रालयमा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव रमेश न्यौपानेको मुस्लिम आयोगमा सरुवा भएको छ । बागमति प्रदेशको कृषी तथा पशुपन्छी मन्त्रालयमा, पशुपन्छी विकास मन्त्रालयकै सहसचिव विनोदकुमार भट्टराई आउने भएको छन् भने सामाजिक विकास मन्त्रालयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजन पौडेलको सरुवा गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै कृष्ण प्रसाद मैनाली आउने भएका छन् ।










