images
images

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, यस्ता छन् नयाँ योजना

  • १ जेष्ठ २०८१, मंगलवार १७:१९

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१ / ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले देशभरका ५ लाख भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गनुभएको हो । उहाँले ५ लाख भूमिहिनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो । सरकारले घोषणा गर्खै भू–उपयोग सम्बन्त्री नीति बनाउने, तीन तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिन राष्ट्रपति पौडेलले बताउनुभयो ।

यस्तै सरकारले पर्यटन वस्तुको विकास, बजारीकरण र सहज पहुँचको विस्तार गरी नेपाललाई प्रमुख र आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गर्ने जनाएको छ । सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । बन्ध भएका उद्योग चलाउने नीतिलाई पुन दोहो¥याउने सरकारको भनाई छ ।

शिक्षकको तलव मासिकरुपमा भुक्तानी

सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको मासिकरुपमा तलव भुक्तानी गर्ने घोषणा गरेको छ । आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकहरुले पारिश्रमिक मासिक रुपमा प्रदान गर्ने व्यवस्था मिलाईएको जानकारी गरानुभएको हो । शिक्षकहरुले हाल त्रैमासिकरुपमा तलव भुक्तानी पाउँदै आएका छन् । सरकारको नीति तथा कार्यक्रम मार्फत शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिईने योजना अघि सारेको छ । यसैगरी सरुवा बढुवा लगाएतका विषय एकिकृत सुचना प्रणालीबाट गरिने पनि कार्यक्रममा उल्लेख छ ।

कृषीमा लगानी दशक

आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहका बालीलाई दर्ता गरिने भएको छ । सरकारले सबै बालीलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित सबै स्थानीय तहमा पाईने बालीलाई दर्ता गर्ने निर्णय गरेको हो । यसैगरी आगमी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषी पशुपन्छी तथा माछा पालनलाई सुचना प्रविधिमा जडान गर्दै उत्पादकत्व बढाईने उल्लेख गरिएको छ । एकिकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहलाई प्रोत्साहन गरिनेछ भने कृषीयोग्य बाँझो जमिनमा पशुपालनसहित कृषी खेती गर्न प्रोत्साहन गरिनेछ ।

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो । महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ । कार्यक्रम वाचन गर्दा संसद्‌मा हाँसोको फोहोरा छुटेको थियो ।

राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रमलाई पुनसंरचना गरी थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रभावकारी बनाउने भएको छ ।