
दोलखा । डेढ करोड रकम हिनामिना भएको दोलखाको मेलुङ गाउँपालिकास्थित गाउँघर साना किसान कृषी सहकारी संस्थाको संचालक समिति बिगटन गरी व्यवस्थापकलाई निलम्वन गरिएको छ ।
सहकारीमा रकम हिनामिनाको मेलुङ गाउँपालिकाको कार्यालयमा उजुरी दर्ता भएपछि पालिकाले छानविन समिति बनाएर कारवाही प्रक्रिया अघि बढाएको हो । पालिकाले गाउँघर साना किसान कृषी सहकारीको संचालक समितिलाई बिगटन गरेको छ भने रकम हिनामिनाको आरोप लागेका व्यवस्थापक भुप चापागाईँलाई निलम्वन गरेको छ । करिव ४ करोड ७६ लाख पूँजि रहेको सो सहकारी संस्थामा डेढ करोड भन्दा बढी रकम हिनामिना भएको भन्दै गत माघ महिनामा सहकारीका संचालक र व्यवस्थापक बिरुद्ध उजुरी परेको थियो ।
त्यसअघि पुस २२ गते उक्त सहकारी संस्थाले पनि रकम हिनामिना भएको भन्दै छानविनका लागि प्रतिनिधि पठाईदिन पालिकामा पत्राचार गरेको थियो । सहकारीका प्रवन्धकले फर्जी ऋण बनाएर रकम हिनामिना गरेको भेटिएपछि संचालक समितिको तर्फवाटै छानविनकालागि आग्रह गरिएको सहकारीका तत्कालिन अध्यक्ष श्रीराज पोखरेलको भनाई छ । गाउँघर साना किसान सहकारीमा समस्या देखिएपछि पालिकाले समस्या समाधान गर्न छानविन समिति बनाएर प्रतिवेदन तयार पारिसकेको र सोही अनुसार कार्यान्वयन हुने गाउँपालिकाका अध्यक्ष हिरा थोकरले बताउनुभयो । उहाँका अनुसार अव हुने विशेष साधारणसभाबाट गठित नयाँ सञ्चालक समितिलाई प्रतिवेदनमा उल्लेखित विषय कार्यान्वयनका लागि गाउँपालिकाले निर्देशन दिनेछ ।
करिव ४ करोड ७६ लाख पूँजि रहेको सो सहकारी संस्थामा डेढ करोड भन्दा बढी रकम हिनामिना भएको भन्दै गत माघ महिनामा सहकारीका संचालक र व्यवस्थापक बिरुद्ध उजुरी परेको थियो ।पालिकाद्धारा गठित छानविन समितिले प्रतिवेदन तयार पारिसकेको र साधारणसभामा सार्वजानिक गरिने गाउँपालिकाकी उपाध्यक्ष एवम् समितिका संयोजक आचार्यले जानकारी दिनुभयो । सो समितिले यहि जेठ ४ गतेकालागि विशेष साधारणसभा आव्हान गरेको छ ।
रकम हिनामिना पछि गाउँपालिकाले गाउँघर साना किसान सहकारीको सञ्चालक समिति विगटन गरि पालिकाका उपाध्यक्ष गायत्री आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । सो समितिले यहि जेठ ४ गतेकालागि विशेष साधारणसभा आव्हान गरेको छ । मेलुङ गाउँ कार्यपालिकाको बैशाख १९ गतेको बैठकले उपाध्यक्ष आचार्यको संयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । समितिमा वडा अध्यक्षहरु कुसुम लामा, नवराज खड्का, ललितबहादुर थापामगर, गाउँपालिकाका कर्मचारी रामकाजी काफ्ले, जिल्ला सहकारी सँघको प्रतिनिधि तथा शेयर सदस्यबाट कर्णबहादुर खड्का र शोभा पोखरेल सदस्य रहेका छन् ।
पालिकाद्धारा गठित छानविन समितिले प्रतिवेदन तयार पारिसकेको र साधारणसभामा सार्वजानिक गरिने गाउँपालिकाकी उपाध्यक्ष एवम् समितिका संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीको हिनामिना भएको रकम व्यवस्थापक र सञ्चालकबाटै असुल उपर गर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । छानविनका क्रममा सहकारीका व्यवस्थापक चापागाईले आफ्नो गल्ती स्वीकार समेत गरिसकेको बताइएको छ । व्यवस्थापकलाई निलम्वन गरी व्यवस्थापक र संचालकवाट हिनामिना भएको रकम असुल गर्ने भनिए पनि कुन विधि र प्रक्रियावाट गर्ने भन्ने बिषय यकिन भएको छैन ।
मेलुङ गाउँपालिका कार्यक्षेत्र भई २ हजार २ सय २९ जना सेयर सदस्य रहेको सो संस्थाको कुल पूँजी ४ करोड ७६ लाख १ हजार ९ सय २९ रुपैयाँ रहेको छ । रकम हिनामिनापछि सेयर सदस्यहरुको बचत अन्यौलमा परेको छ ।