images
images

देशभरको तापक्रम बढ्दै, अझै केही दिन काठमाडौंसहित तराईमा अत्यधिक गर्मी हुने

  • ३१ बैशाख २०८२, बुधबार ०७:४७

काठमाडौं । अहिले देशभरको तापक्रम बढिरहेको छ ।

केही दिनदेखि देशको धेरै स्थानमा अधिकतम तथा न्युनतम तापक्रम बढिरहेको हो । पछिल्लो समय काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१/३२ डिग्री सेल्सियसमा पुगेका जल तथा मौसम पूर्वानुमान महाशाखले जनाएको छ । हिजो ३१ दशमलव १ डिग्री पुगेको तापक्रम आज उपत्यकाको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागलगायत पहाडी भू–भागका धेरै ठाउँमा अधिकतम तापक्रम बढिरेहको महाशाखले जनाएको छ । अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई गरेको छ ।