
काठमाडौं । काठमाडौँको मखन गल्लीका दुई घरमा आज बिहान लागेको आगोमा परी एक वृद्धाको मृत्यु भएको छ भने लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखनका दयाराम श्रेष्ठको ४ तले घरबाट ग्याँस लिग भई आज बिहान एकाक्सी आगलागी भएको थियो । आगलागीमा परी एक वृद्धाको मृत्यु भएपनि पहिचान खुल्न बाँकी छ । शव परीक्षणका लागि वीर अस्पताल लगिएको छ । आगलागीबाट २ घर जलेर नष्ट भएका छन् भने लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
६ वटा बारुणयन्त्रसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।