
काठमाडौँ । सरकारले शिक्षक आन्दोलनका कारण पठनपाठनमा प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पढाउन सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै शिक्षकहरुलाई हिउँदे बिदामा पनि पठनपाठनको व्यवस्था मिलाउन भनेको हो । बिज्ञप्तिमा विद्यार्थीको सिकाई उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रबद्र्धन गर्ने उद्धेश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन सबै स्थानीय तह,विद्यालय तथा सरोकारवाला वर्गलाई अनुरोध गरिएको छ ।
यसअघि नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरुलाई निर्देशन दिएको थियो । महासंघले गत चैत २० देखि २९ दिन शैक्षिक हड्ताल गरेर सडक आन्दोलन गरेको थियो ।