काठमाडौं । जग्गा धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट लिने ऋण बन्द भएको छ ।
कृषि र गैरकृषि क्षेत्रका रुपमा जग्गा वर्गिकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण नपाउने भएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रिय भुमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापि विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ । तर अहिलेसम्म अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रको भु उपयोग योजना नै बनाएका छैनन् ।
नियमावलीको व्यवस्थाका कारण अब कहिलेसम्म जग्गा धितोमा राखेर ऋण लिन नपाउने भन्ने स्पष्ट छैन । सरकारले भुउपयोग नियमावली मार्फत देशभरका जग्गालाई प्रयोग र प्रयोजनका आधारमा १० प्रकारमा वर्गिकरण गर्ने व्यवस्था गरेको थियो ।










