ताप्लेजुङ । ताप्लेजुङमा पहिरोले पुरिएर फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्युु भएको छ भने दुई जना घाईते भएका छन् ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति बाढीसँगै आएको पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्युु भएको हो । पहिरोमा पुरिएर मृत्यु हुनेमा ६९ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमा, जुम्ल्याहा छोरीहरु गंगा र जमुना रहेको गाउँपालिकाका वडाअध्यक्ष भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार युगेन लिम्बु र उनकी छोरी घाईते भएकी छन् ।
वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकामा रहेको ६ वटा पुल समेत बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको छ । पहिरोबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।