images
images

फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई साथ दिएका सांसद माओवादीकोे कारवाहीमा

  • ३२ जेष्ठ २०८१, शुक्रबार १६:१६

पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका सांसद फणिन्द्र देवकोटा कारबाहीमा परेका छन् ।

पार्टीको ह्वीप विपरित फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको हो । देवकोटालाई कारबाही गरिएको माओवादी संसदीय दलका नेता हरीबहादुर चुमानले संसद सचिवालयमा जानकारी गराएका हुन् । प्रदेशसभाको बैठकमा सभामुखले कारबाहीको जानकारी गराएपछि सांसद देवकोटा पदमुक्त हुनेछन् ।

नेपाल समाजबादी पार्टीका देवकोटाले गोरखा २ (क) मा माओवादीको निर्वाचन चिन्हबाट चुनाव जितेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद देवकोटा उर्जामन्त्री बनिसकेका छन् ।