images
images

बारामा क्याम्पस प्रमुखको गोली प्रहार गरि हत्या

  • ३२ जेष्ठ २०८१, शुक्रबार १९:३३

काठमाडौँ । बारामा एक क्याम्पस प्रमुखको गोली प्रहार गरि हत्या भएको छ ।

रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहाको गोली प्रहार गरी हत्या भएको हो । गोली लागेर गम्भिर घाईते भएका उनको बयोधा अस्पताल, वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । क्याम्पस प्रमुख कुशवाहामाथि बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।