images
images

दोलखाका स्थानीय सरकारको खाना, खाजा र विविध खर्च २ करोड बढी (हेर्नुहोस् विवरण)

दोलखा । दोलखाका स्थानीय सरकारले गत आर्थिक वर्ष २०७९/८० मा खाना तथा विविध खर्चमा २ करोड बढी खर्च गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षको सार्वजनिक लेखापरिक्षण गरी सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोलखाका ९ वटा स्थानीय सरकारले खाना, विविध शीर्षकमा २ करोड ७ लाख ६७ हजार २ सय ७० रुपैयाँ खर्च गरेका हुन् । जसअनुसार बिगु गाउँपालिकाले सबैभन्दा बढी ४७ लाख ९८ हजार ५ सय ९६ रुपैयाँ खर्च गरेको छ भने जिरी नगरपालिकाले सबैभन्दा कम ९ लाख खर्च गरेको छ । यस्तै, गत आर्थिक वर्ष तामाकोशी गाउँपालिकाले चालु शिर्षकवाट खाना तथा विविधमा ३१ लाख ६० हजार ३ सय ७८ खर्च लेखाङ्कन गरेको पाईएको छ । बैतेश्वर गाउँपालिकाले खाना तथा विविध भैपरी आउने खर्चमा २७ लाख १६ हजार ९१२ खर्च गरेको छ । महालेखाको प्रतिवेदन अनुसार भीमेश्वर नगरपालिकाले २२ लाख ४६ हजार ४४३, गौरीशंकर गाउँपालिकाले खाना तथा विविध शीर्षकमा २० लाख ३१ हजार ५९८, शैलुङ गाउँपालिकाले १९ लाख १३ हजार ५३ रुपैयाँ खर्च गरेको छ ।

दोलखाको मेलुङ गाउँपालिकाले १७ लाख ८ हजार ८२८ र कालिञ्चोक गाउँपालिकाले खाना, खाजा तथा विविध खर्चमा १२ लाख ९१ हजार ४६२ रुपैयाँ खर्च गरेको प्रतिवेदनले देखाएको छ । भुगोल र बजेटको आधारमा भीमेश्वर नगरपालिका सवैभन्दा ठूलो स्थानीय सरकार भएपनि यो शिर्षकमा भीमेश्वरको खर्च अन्य स्थानीय सरकारको भन्दा कम देखिएको छ । भीमेश्वरको तुलनामा विगु गाउँपालिकाको खर्च दोव्वर भन्दा बढी भएको छ । जिरी नगरपालिकाको खर्च ९ लाखमा सिमित हुँदा वैतेश्वर गाउँपालिकाको खाना र खाजा खर्च तेव्वरले बढी छ ।

बिगु गाउँपालिकाले सबैभन्दा बढी ४७ लाख ९८ हजार ५ सय ९६ रुपैयाँ खर्च गरेको छ । भीमेश्वरको तुलनामा विगु गाउँपालिकाको खर्च दोव्वर भन्दा बढी भएको छ । स्थानीय सरकारले खाना, खाजा र विविध शिर्षकमा गरेको खर्च अस्वभाविक बढी देखिएपछि महालेखा नियन्त्रकको कार्यालयले खर्चमा नियन्त्रण गरी मितव्ययिता कायम गर्न सुझाव दिएको छ ।

स्थानीय सरकारले खाना, खाजा र विविध शिर्षकमा गरेको खर्च अस्वभाविक बढी देखिएपछि महालेखा नियन्त्रकको कार्यालयले खर्चमा नियन्त्रण गरी मितव्ययिता कायम गर्न सुझाव दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा निर्धारित बजेट एबम् आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने व्यवस्था रहेपनि स्थानीय तहहरुले सो व्यवस्था विपरित खर्च गरेका हुन् । दोलखाका अधिकाँश स्थानीय सरकारको आन्तरिक आम्दानी समेत निकै कम छ ।

यसअघि आर्थिक वर्ष २०७८/०७९ मा दोलखाका स्थानीय सरकारको खाना, खाजा तथा विविध शिर्षकमा १ करोड ८६ लाख ९२ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा भन्दा आर्थिक वर्ष ०७९/०८० मा खाना तथा विविध शिर्षकको खर्च बढेको हो । महालेखा परीक्षकको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा जिरी र कालिञ्चोकमा भने सो शिर्षकमा खर्च देखिएको छैन । सो आर्थिक वर्ष तामाकोशी गाउँपालिकाले खाना तथा विविध शीर्षकमा सबैभन्दा बढी ४६ लाख ८७ हजार ८१२ रुपैयाँ खर्च गरेको थियो भने विगुले सबैभन्दा कम ४ लाख ६० हजार २४० रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।