images
images

गोकुलगंगाको विकास प्रगतिः ८१ प्रतिशत योजनाको भुक्तानी, ३३ करोड भन्दा बढी खर्च

गोकुलगंगा (रामेछाप) । रामेछापको गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ३३ करोड भन्दा बढी बजेट खर्च गरेको छ ।

पालिकाले चालु र पूँजीगततर्फगरी ११ महिनाको अवधिमा ३३ करोड ३० लाख ४३ हजार ५ सय ३६ रुपैंया खर्च गरेको हो । गोकुलगंगा गाउँपालिकाले पालिका अध्यक्ष काजिबहादुर खड्का (दिनेश) को अध्यक्षतामा आज सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी पालिकाको विकास प्रगतिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाईमा पालिकाको विकास निर्माणको प्रगति र आयव्यय विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले हालसम्म ४६ करोड १५ लाख ९४ हजार ३ सय १५ रुपैंया बजेट प्राप्त भएकोमा ३३ करोड भन्दा बढी खर्च भएको विवरण प्रस्तुत गर्नुभयो ।

पालिकाले चालु आर्थिक वर्ष ६२ करोड ५८ लाख ३२ हजार रुपैंयाको बजेट अनुमान गरेको थियो । सँंघीय समपुरक अन्तर्गत एक करोड ७५ लाख, प्रदेशबाट ६ करोड ५ लाख ५ हजार, राजस्व बाँडफाँडबाट ८ करोड ७८ लाख ९७ हजार ४ सय ७५ रुपैंया पाएको पालिकाले हालसम्म आन्तरिक श्रोतबाट ५७ लाख रुपैंया आम्दानी गरेको छ । सो पालिकाले जम्मा ६२ करोड ५८ लाख ३२ हजार २ सय रुपैंया आम्दानी गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा ४६ करोड १५ लाख ९४ हजार ३ सय १५ रुपैंया अर्थात ७३ दशमलव ७५ प्रतिशत मात्रै प्राप्त भएको पालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

पालिकाले चालु र पूँजीगततर्फगरी ११ महिनाको अवधिमा ३३ करोड ३० लाख ४३ हजार ५ सय ३६ रुपैंया खर्च गरेको छ । अब ४४ वटा योजनाको भुक्तानी हुन बाँकी छ भने ६ वटा योजना सम्झौता गर्न बाँकी रहेको छ । पालिकाका अनुसार यो अवधिमा ८१ दशमलव १९७ प्रतिशत भुक्तानी भएको छ । सार्वजनिक सुनुवाईमा स्थानीय राजनीतिक दलका नेता, स्थानीय नागरिक लगायतले प्रत्यक्ष गुनासो तथा सुझाव राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार यो अवधिमा पालिकाले सञ्चालन गरेका २ सय ४० वटा योजनामध्ये १९० वटा योजनाको भुक्तानी भइसकेको छ । अब ४४ वटा योजनाको भुक्तानी हुन बाँकी छ भने ६ वटा योजना सम्झौता गर्न बाँकी रहेको छ । पालिकाका अनुसार यो अवधिमा ८१ दशमलव १९७ प्रतिशत भुक्तानी भएको छ । विशेषगरी पालिकाको सार्वजनिक सुनुवाईमा पालिकाले गरेका प्रगति विवरण नागरिक माझ प्रस्तुत गर्ने र स्थानीय जनताले राखेका गुनासाहरुलाई सम्बन्धीत जनप्रतिनिधि तथा पालिकाका कर्मचारीले जवाफ दिने गरिएको छ । अरु समयमा प्रत्यक्ष रुपमा राख्न नसकेका गुनासो र सुझाव जनताले सार्वजनिक सुनुवाईमा राख्न सक्नेछन् । सोही अनुसार सार्वजनिक सुनुवाईमा स्थानीय राजनीतिक दलका नेता, स्थानीय नागरिक लगायतले प्रत्यक्ष गुनासो तथा सुझाव राखेका थिए ।

यसैगरी, पालिकाको विकास प्रगति र सेवा सुविधाको विषयमा ६ वटै वडाबाट स्थानीय नागरिकबाट लिइएको सुझाव र गुनासोलाई पनि सार्वजनिक सुनुवाईमा प्रस्तुत गरिएको थियो । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आएका सबै गुनासो, सल्लाह, सुझावलाई मनन गर्दै पालिका अध्यक्ष खड्का, उपाध्यक्ष उषादेवी कार्की, पालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का अधयक्ष चन्द्र बहादुर सुनुवार र योजना शाखा प्रमुख रामकुमार कार्की लगायतले जवाफ दिएका थिए । कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको पनि सहभागीता थियो ।