आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान यसको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियोे । सो शेयरमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । आवेदनदिएका १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका छन् । क्यापिटलका अनुसार १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । सोमध्ये पनि भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो । त्यसपछि बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता शेयर यस दिन बाँडफाँट गरिएको हो ।










