images
images

स्टेजमा बोल्दै गर्दा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

  • ३० असार २०८१, आईतवार ०६:४४

अमेरिकाका पूर्वराष्ट्रपति डोलाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्दै गर्दा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार ट्रम्पको चुनावी ¥याली चलिरहेका बेला गोली लागेर उनी घाईते भएका छन् । सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा खसेका थिए । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको तथा अर्का एक दर्शकको अवस्था गम्भीर रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्तो खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन् ।