images
images

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी वर्षा

  • ३० असार २०८१, आईतवार ०८:३१

सिन्धुपाल्चोक। पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने स्थानमा १ सय ११ मिलिमिटर वर्षा मापन भएको हो । सय मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ । पछिल्लो २४ घण्टामा यति धेरै मात्राको वर्षा मुलुकका अन्य कुनै स्थानमा भएको छैन ।

यसैबीच, आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत हुन आग्रह गरेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।