images
images

भोटेकोशी १ आयोजनाको ढलान भत्किँदा मृत्यु भएका कामदारका परिवारलाई ३० लाख दिने

  • ३० असार २०८१, आईतवार १४:२२

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधिन जलविद्युत आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई ३० लाख आर्थिक सहायता दिईने भएको छ ।

दुर्घटनामा परि मृत्यु भएका दुई कामदारको परिवारलाई प्रवद्र्धन कम्पनीले ३०/३० लाख आर्थिक सहायता प्रदान गर्ने भएको हो । भोटेकोशी गाउँपालिका ४ मा निर्माणाधिन आयोजनाको प्रवद्र्धक ईलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदारको परिवारलाई प्रतिपरिवार ३० लाख आर्थिक सहायता प्रदान गर्ने भएको छ । ढलान गर्ने क्रममा स्ल्याब भत्किँदा बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारु र सुमन थारुको मृत्यु भएको थियो । आयोजना निर्माणको ठेक्का लिएका सब कन्ट्याक्टर कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपल्ब्ध गराउने सम्झौता भएको आयोजना प्रवन्धक उमेश पराजुलीले जानकारी दिनुभयो ।

मृतक दुवै कन्ट्रयाक्टर कम्पनीका तर्फबाट आयोजनामा कार्यरत थिए । सिन्धुपाल्चोकमा निर्माणाधिन ४० मेगावटको भोटेकोशी १ जलविद्युत आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा दुई जनाको मृत्यु भएको थियो भने १० जना घाईते भएका थिए । घटनामा परि दोलखाका ७ जना घाईते भएका थिए । यद्धपी उनीहरु सबै उपचार पछि घर फर्किसकेका छन् ।