images
images

शैलुङ गाउँपालिकामा जुट्यो सहमती, साउन ५ गते बजेट आउने

  • ३० असार २०८१, आईतवार १९:४१

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट साउन ५ गते ल्याउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन यही असार १० गते आयोजना गरेको गाउँसभा जनप्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको थियो । गाउँसभा स्थगित हुँदा गाउँपालिकाले आगामी वर्षको बजेट ल्याउन सकेको थिएन । गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले साउन ५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने सहमति भएको गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिकाको बैठकले बजेट ल्याउन ढिलाई गर्न नहुने भन्दै सहमतिमै साउन ५ गते गाउँसभा आब्ह्वान गरिएको हो ।

हिजोको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले सहभागि भएपनि हस्ताक्षर गरेका थिएनन् । तर, वडा नम्वर ५ का वडाअध्यक्ष दिलकुमार तामाङले भने गाउँपालिकामा देखिएको विवादको विषयमा आज सहमति जुटेकाले ५ गते नै बजेट आउने बताउनुभयो । साउन २ र ३ गते कार्यपालिका बैठकमा छलफल गरिने भन्दै उहाँले सकेसम्म सहमतीबाटै र नभए बहुमतको आधारमा भएपनि ५ गते नै बजेट सार्वजनिक गरिने दावि गर्नुभयो ।

असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि गाउँसभा प्रभावित बनेको थियो । गाउँसभा स्थगित हुँदा गाउँपालिकाले आगामी वर्षको बजेट ल्याउन सकेको थिएन । तर, गाउँपालिकामा देखिएको विवादको विषयमा आज सहमति जुटेकाले ५ गते नै बजेट आउने भएको हो ।

असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि गाउँसभा प्रभावित बनेको थियो । सो समयमा शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले चालु वर्ष भ्रमण भत्ता वापत रकम लिएको विवरण सार्वजनिक गरिएको विषयलाई लिएर गाउँसभामा विवाद भएको थियो । शैलुङ गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष वीरबहादुर घतानीले वडा नम्वर ५ मा एमालेबाट निर्वाचित वडासदस्य नवराज कार्कीलाई गोप्य विवरण सार्वजानिक गरेको आरोप लगाएपछि जनप्रतिनिधिबीच ठेलमठेल र हात हालाहालको अवस्था पैदा भएको थियो ।

गाउँसभामै जनप्रतिनिधिबीच विवाद र हात हालाहालको स्थिती पैदा भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले सभा बहिस्कार गरेका थिए । शैलुङ गाउँपालिकाको ४२ सदस्यीय कार्यपालिका रहेकोमा २६ जना एमाले तथा १६ जना नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।